काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको आशाअनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग थापाले सरकारको गठनको उद्देश्यअनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताए ।
महामन्त्री थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामबारे प्रधानमन्त्री सचेत रहनुपर्ने बताए ।
उपन्यास विमोचन कार्यक्रममा थापाले कांग्रेसका नेताहरूको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रित भएको बताएका थिए ।
प्रतिक्रिया