काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला सुदुरपश्चिम पुगेका छन् ।
१५ औँ महाधिवेशनकाे तयारीका लागि सभापति शेरबहादुर देउवाको गृहप्रदेशमा पुगेका कोइरालालाई धनगढी विमानस्थालमा भेला भएका पार्टी नेता कार्यकर्ताले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, शेखर दाईलाई ले भन्छ’ भन्दै नाराबाजी गरेका थिए ।
उनलाई धनगढीमा कार्यकर्ताले १५ किलोको मालाले स्वागत गरे । कोइरालाले सुदुरपश्चिका ९ जिल्ला सभापतिसहित नेता कार्यकर्तासँग भेट गर्ने तय भएको छ ।
धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘१५ औँ महाधिवेशनमा मेरो सभापति दाबी स्वभाविक हो । अब महाअधिवेशन आउन १ वर्ष मात्र बाँकी भएकाले तयारीमा लागेको हुँ ।’
प्रतिक्रिया