काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट रिहा भएका छन् ।
रिहा भएसँगै उनले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताए । उनले भने,‘तस्करहरूसँगको लडाइँबाट म भाग्दिनँ । जुन बोली कम्युनिस्टहरूले बोल्ने बोली मैले बोल्नुपर्यो । अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’
उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए ।
उनले भने, ‘छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ । त्यस्तै भएको हो । तस्करहरूसँग लडाइँ हो, त्यो जारी हुन्छ । प्रहरी कस्टडीमा जुन व्यवहार भयो त्यो राम्रो भयो । म हारेको छैन । यो मैले जितेको हो ।’
प्रसाईं आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए । व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया