बस र ट्रक ठोक्किदा २२ जना घाईते, ७ को अवस्था गम्भीर

बस र ट्रक ठोक्किदा २२ जना घाईते, ७ को अवस्था गम्भीर


ग्लोब नेपाल
135
Shares

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भिर छ ।

सुनवल नगरपालिका वडा नम्बर ७ अलकत्रे डाँडामा गए राति बर्दघाटबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र बिपरीत दिशाबाट आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । साईकल यात्रीलाई ठक्कर दिएको बस अन्यिन्त्रित भएर ट्रकमा ठोक्किएको थियो ।

घाईतेहरुको देवदह मेडिकल कलेज र बुटवलका विभिन्न अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिए । साईकल यात्री सुनवल चारपालाका ५५ वर्षिय सुर्य कार्कीको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको छ ।

यसैगरी परिचय नखुलेका एक व्यक्तिसहित बसमा सवार पुर्वी नवलपरासीको विनय त्रिवेणी बस्ने हिरालाल कुर्मी, उनका छोरा ९ वर्षिय अनुराग कुर्मी, सोही स्थानका उत्कृष्ट लुँईटेल, भुममाया थापा, बसका सहचालक नवलपरासी सरावलका टिकाराम थारु लगायतको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।