सर्वोत्कृष्ट नेपाली खेलाडी बने दीपेन्द्र सिंह ऐरी, पाए कार

सर्वोत्कृष्ट नेपाली खेलाडी बने दीपेन्द्र सिंह ऐरी, पाए कार


ग्लोब नेपाल
621
Shares

सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार प्रप्त गरेका छन । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले टिम उपविजेता बने पनि व्यक्तिगत उपलब्धी भने हात पार्न उनी सफल भएका हुन ।

उनले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । ललित राजवंशी रोहित पौडेल पनि कारको होडमा भएपनि दीपेन्द्रले बाजी मार्न सफल भएका हुन । टिमले उपाधि जित्न नसकेपनि दीपेन्द्रले कप्तानी देखि ब्याटिङ बलिङ र फिल्डिङ तीन क्षेत्रमा उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका थिए ।

कप्तान भए पनि विना दबाब खेल्ने र आवश्यक परेका बेला ब्याटिङ बलिङ र फिल्डिङ जता पनि तयार हुने खेलाडी हुन् । क्वालिफायर वान मा सुदूरले जनकपुरलाई हराएपछि प्लेअर अफ दि म्याच बनेका सुदूरका खेलाडी विनोद भण्डारीले पनि दीपेन्द्र नै अहिले बेस्ट प्लेअर भएको बताएका थिए ।

दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाउन सफल भएका थिए । उनले पहिलो खेलमै विराटनगर विरुद्ध अविजित ४७ रन बनाउँदै प्लेअर अफ दि म्याच बनेका थिए । त्यसपछि उनले टिमको अवस्था अनुसार ब्याटिङ पोजिसन चेन्ज गरेर ब्याटिङ गरे ।