रवि लामिछानेविरूद्ध कास्की अदालतमा मुद्दा दर्ता

रवि लामिछानेविरूद्ध कास्की अदालतमा मुद्दा दर्ता



पाेखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको हो । लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोपमा रास्वपाका सभापति लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, जिबी राईका साझेदार रामप्रसाद खनाल, लिला पछाई र कृष्ण गुरूङ लगायतविरूद्ध मुद्दा दर्ता गरेकाे हो ।

प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको हो ।

यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेकाे छ ।