रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी

रविविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो माग दाबी



पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ ।

सहकारी ठगी प्रकरणमा उनीविरुद्ध फरक फरक तीन कसुरमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने पत्नी निकिता पौडेललाई पनि प्रतिवादी कायम गरिएको छ ।

पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।