पाेखरा । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ ।
लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् । जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता पनि थुनछेक बहस आरम्भ भएन ।
यसअघि जिल्ला अदालत कास्कीले सातौं पटक प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको दिएको थियो । लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहनुभएका पाँच प्रतिवादी थुनछेक बहस नसकिञ्जेलसम्म लामिछाने कास्की प्रहरीकै न्यायिक हिरासतमा रहनेछन् ।
सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ । त्यसपछि दुवै पक्षको बहसप्रति बहस र आदेश नहुञ्जेलसम्म रवि कास्की प्रहरीको हिरासतमै रहनेछन् ।
आइतबार मुद्दा दर्ता प्रक्रिया सकिएकाले सोमबारबाट थुनछेक बहस सुरु हुनेछ ।
प्रतिक्रिया