काठमाडौं । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेस केन्द्रित दललाई सहकार्यका लागि आह्वान गरेका छन् । अध्यक्ष त्रिपाठीले विज्ञप्ति जारी गर्दै मधेश केन्द्रित दललाई सहकार्यको प्रस्ताव राखेका हुन् ।
उनले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतका दलहरुलाई सहकार्य गर्न अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको वर्तमान परिस्थिति निरन्तर जटिलतातर्फ उन्मुख छ। विग्रिदो अर्थतन्त्र झन् गिर्दो अवस्थामा छ तथा यो गति निरन्तर हासोन्मुख छ । ग्रामीण जनजीवन अनक्रान्त छ । जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ । नैराश्यता वढ्दो छ । वस्तुत यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ ।’
मधेश केन्द्रित दलहरुबीचको सहकार्यलाई अघि बढाउन डा. शिवजी यादवको संयोजकतवामा पूर्वमन्त्री ईश्वर दयाल मिश्र तथा मोहम्मद साबिर हुसेन सम्मिलित वार्ता टोली समेत गठन गरेका छन् ।
प्रतिक्रिया