संविधान संशोधनको प्रकृया तत्काल अघि बढाउनुपर्छः डिला संग्रौला

संविधान संशोधनको प्रकृया तत्काल अघि बढाउनुपर्छः डिला संग्रौला



बुटबल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने कुरामा जोड दिएकी छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले मङ्गलबार बुटबलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संग्रौलाले कांग्रेसले सञ्चालन गरेको सय दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले अझैपनि विकासको अनुभूति नगरेको आफूहरुले पाएको बताइन् ।

उनले कांग्रेसले सञ्चालन गरेको अभियान पार्टी सङ्गठनलाई मजबुद बनाउन, जनताको घरदैलोमा पुगेर समस्या पहिल्याउन र समाधान गर्नका लागि केन्द्रित रहेको बताइन् ।

वर्तमान सत्ता गठबन्धन राजनीतिक अस्थिरता अन्त्यसँगै संविधान संशोधनका लागि बनेको बताउँदै संग्रौलाले संविधान संशोधनको प्रक्रिया अगाडि नबढेकोमा असन्तुष्टि जनाइन् ।

यद्यपि सरकारमा २०८४ सालसम्मै कांग्रेस र एमालेबीच सहकार्य हुने उनले बताइन् ।