बाजुरा । बाजुरामा पुनः हिमपात सुरु भएपछि यहाँको जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रका उच्च ठाउँमा बिहानदेखि हिमपात भएपछि चिसोका कारण यहाँको जनजीवन निकै प्रभावित भएको हो ।
बिहान सात बजेदेखि पुन यहाँ हिउँ पर्न सुरु भएपछि चिसो पनि निकै बढ्न थालेको बुढीनन्दा नगरपालिका स्थानीय टेकबहादुर थापाले बताए । उनले भने, “बडिमालिका, बुढीनन्दा, जगनाथ, हिमाली, स्वामिकार्तिक लगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि त्यो हिउँको चिसोले यहाँको जनजिवन प्रभावित भएको छ ।”
बिहान सात बजेदेखि यहाँ पुन बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिका तथा वयोवृद्धहरुलाई घर बाहिर आउजाउ गर्न समेत निकै कठिन भएको थापाले बताए ।
प्रतिक्रिया