काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लले युएईको टी–२० फ्रेन्चाइज लिग आइएलटी खेल्ने भएका छन् ।
मल्ललाई युएईको डेजर्ट भाइपर्सले मल्ललाई टोलीमा अनुबन्ध गरेको हो । यसअघि टोलीमा रहेका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडे घाइते भएपछि उनको स्थानमा मल्लले खेल्ने भएका हुन् । २० वर्षीय मल्लसँग अन्तर्राष्ट्रिय क्रिकेटमा निकै ठूलो अनुभव छ ।
उनले सन् २०२० मा १५ वर्षको उमेरमा अमेरिकाविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । मल्ल टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि पाँचौँ सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले ४७ खेल खेल्दै नौ सय १७ रन बनाएका छन् ।
मल्लले एनपिएलमा चितवन राइनोजको कप्तानी गरेका थिए ।
यो लिगमा नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि आबद्ध छन् । उनले गत सिजन गल्फ जायन्टबाट खेलेका थिए ।
प्रतिक्रिया