प्रेसमाथि अंकुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता

प्रेसमाथि अंकुश लाग्ने कानुन बन्न नदिने सभामुखको प्रतिबद्धता



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अंकुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अंकुश लगाउने गरी कानुन नबनाउने बताएका हुन् ।

“नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ,” सभामुख घिमिरेले भने, “प्रेस स्वतन्त्रतलाई कुण्ठित हुने गरी कुनै पनि कानुन बनाइने छैन ।”

सभामुख घिमिरे र निर्वाचन समितिका प्रमुख प्रा. चिरन्जीवी खनालले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरे ।

महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकार महासंघको गरिमालाई कायम राख्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाका लागि लडिरहने प्रतिबद्धत्ता व्यक्त गरिन् ।