भारत भ्रमणबारे धेरै चर्चा गरिरहने विषय होइन : प्रधानमन्त्री ओली

भारत भ्रमणबारे धेरै चर्चा गरिरहने विषय होइन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक अवस्था र बाह्य सम्बन्धबारे ब्रिफिङ गर्दै भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् ।

‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीन भ्रमणका क्रममा दुई देशबिच भएको बीआरआई सम्झौता नेपालको विकासका लागि दीर्घकालीन महत्वको हुने र त्यसबाट नेपालले विकासमा फड्को मार्न सक्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।