कांग्रेसको सयदिने अभियान माघ १६ गतेसम्म चल्ने

कांग्रेसको सयदिने अभियान माघ १६ गतेसम्म चल्ने



काठमाडौं । नेपाली कांग्रेसको सयदिने अभियानको काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन पुस १६ गते अभियान समापन हुने बताइएको भए पनि काम सक्न बाँकी जिल्लाका लागि समय थप भएको हो ।

केही जिल्लामा प्राकृतिक प्रकोपको असर, कतिपय जिल्लामा स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाई र अन्य विविध कारणले ‘सय दिने विशेष अभियान’ को तोकिएका कार्य सम्पादन हुन नसकेपछि समय थप भएको उनले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

काम सक्न बाँकी जिल्लाले सहिद दिवसका दिन १६ माघ २०८१ समापन गर्नेगरी समयावधि थप भएको हो ।

जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमितिलगायतका सबै समिति र सम्बद्ध सबै साथीलाई थप अवधिमा साङ्गठनिक रूपले गर्न/गराउन निर्देशन दिइएको छ ।