काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मेलबर्नमा जारी बक्सिङ डे टेस्टको पहिलो दिन भारतीय ब्याटर विराट कोहली म्याच फीको २० प्रतिशत जरिवाना लगाएको छ ।
योसँगै उनको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट पोइन्ट थपिएको छ ।
इनिङ्सको १० औं ओभरपछि कोहलीले जानीजानी अस्ट्रेलियाका ब्याटर साम कोन्स्टासलाई धकेल्न पुगेका थिए । अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले कोहलीले जानीजानी यस्तो गरेको आफूलाई लागेको टिप्पणी गरेका छन् ।
आइसिसीका अनुसार जरिवाना अघि कोहलीलाई अनुशासनको कारबाहीबारे जानकारी गराइएको थियो ।
प्रतिक्रिया