काठमाडौं । महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६० जिल्लामा भेला सम्पन्न गरेको छ ।
पार्टी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त विषय जानकारी गराएका हुन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको कूल ६० जिल्लामा जिल्ला भेला सम्पन्न भएको विवरण पेस गरेकाे कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तै बैठकले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी पौष १९ देखि २१ गतेसम्म बस्ने निर्णय गरेको पनि उनले बताए ।
सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनीत गरिएको छ । साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारीलाई मनोनीत गरिएको छ ।
प्रतिक्रिया