प्रतिनिधिसभा सचिवमा हर्कराज राई सिफारिस

प्रतिनिधिसभा सचिवमा हर्कराज राई सिफारिस



काठमाडौं । प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिका वडा नम्बर २ का राईलाई आइतबार प्रतिनिधि सभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।

राई अहिले भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन् ।

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई सिफारिस गरिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

राईले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।