काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापा आफूहरूसँग नै रहेको दाबी गरेका छन् । आइतबार जनकपुरधाममा पत्रकारसँगको भेटमा उनले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै मतभेद नरहेको बताए ।
नेता कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उमेदवारी दिने विषयमा कुनै कुराकानी नभएको पनि बताए । पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उमेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको बताए ।
अहिलेको गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने र कांग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने बताए ।
प्रतिक्रिया