काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार मेयर बस्नेतमाथि मुद्दा दायर गरेकाे हो ।
अख्तियारले मेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचारसँगै सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो । मेयर बस्नेतकी श्रीमती र पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेललाई पनि मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया