काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल रिहा भएका छन् ।
७ पुसमा पक्राउ परेका जंगम र दाहाललाई गत शुक्रबार रिहा गरिएको हो । सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक बुझाएपछि मिलापत्र गरी उनीहरू रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दिएकाे छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनीहरूलाई गत शुक्रबार रिहा गरिएको हो । जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन् ।
प्रतिक्रिया