चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हरायो

चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हरायो



काठमाडौं । चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले हराएको छ । अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत पाँचौं दिनको चिया समयपछि १ सय ५५ रन बनाउँदा अलआउट भयो ।

भारतका यशस्वी जयसवालले सबैभन्दा धेरै ८४ रन बनाए । अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र स्कट बोल्यान्डले ३/३ विकेट लिए । अस्ट्रेलियाले दोस्रो पारीमा ३ सय ३४ रन बनाउँदै भारतलाई ३ सय ४० रनको लक्ष्य दिएको थियो ।

यसअघि मेलबर्नमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ४ सय ७४ रन बनाएको थियो । यस्तै भारतले पहिलो पारीमा ३ सय ६९ रन बनाएको थियो । मेलबर्नमा भारतले टेस्ट क्रिकेटमा १३ वर्षपछि हार बेहोरेको हो । यसअघि सन् २०११ मा भारतले मेलबर्नमा हारेको थियो ।

यो जीतसँगै घरेलु टोली अस्ट्रेलियाले पाँच खेलको बोर्डर–गाभस्कर ट्रफी शृङ्खलामा २–१ ले अग्रता लिएको छ । शृङ्खलाको पाँचौं तथा अन्तिम खेल आउँदो शुक्रवारदेखि सिड्नीमा शुरू हुनेछ ।