ओली देशकै जाली, झेली, कपटी र बेइमानी हुन् : प्रचण्ड

ओली देशकै जाली, झेली, कपटी र बेइमानी हुन् : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै जाली, झेली, कपटी र बेइमानीकाे संज्ञा दिएका छन् ।

सोमबार प्रधानमन्त्री ओलीकै गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे गम्भीर आरोप लगाएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी । मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु । जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’

प्रचण्डले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे । उनले आफूलाई सरकारबाट अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गरे ।