काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च गर्ने भएको छ ।
काठमाडौंमा मंगलबार केन्द्रीय समितिको निर्णय जानकारी गराउँदै प्रवक्ता खड्गबहादुर विश्वकर्माले भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा जनमार्च सञ्चालन गर्ने निर्णय गरेको बताए ।
अभियानमा महासचिव, प्रवक्ता, केन्द्रीय समिति, सामना साँस्कृतिक परिवारसहितको टोली सहभागी रहनेछ ।
पार्टीले आगामी २०८४ को निर्वाचनलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा– विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने पनि नेकपाले जनाएको छ ।
प्रतिक्रिया