काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।
पार्टी प्रवेशका लागि बिभिन्न चरणमा वार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको जनाएका छन ।
भीम रावलजी के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै गौतमले भनेका छन्, ‘त्यो मलाई थाहा छैन । माधव जी र म एकजुट हुने भइयो नि त । माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन ।’
उनले कार्यकारी राष्ट्रपति, अभिब्यक्ति स्वतन्त्रता र केन्द्रिय समितिका सदस्यहरू पुर्णकालिन हुनु पर्ने लगायतका सर्त राखेर वार्तामा बसेका थिए ।
छलफल सकारात्मक भएको र अब चाँडै निर्णय पनि आउने नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । उनका अनुसार केही राजनीतिक विषयबाहेक अन्य विषयमा मोटामोटी सहमति भएको छ ।
प्रतिक्रिया