नेपालगन्ज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताएका छन् ।
जनता समाजवादी पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, संगठन विस्तार आधारभूत अभियान अन्तर्गत बुधबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश र मधेशी जनताको आश र भरोसा जसपा नेपालसँग मात्रै रहेको कुरा उपनिर्वाचनमा प्रमाणित भएको दाबी गरे ।
उनले आफ्नो नेतृत्वमा मधेश आन्दोलन भएको स्मरण गराउँदै अहिले जसले जे भने पनि र जे गरे पनि मधेशीको हितैषी आफू र आफ्नो दल भएको प्रष्ट पारे ।
प्रतिक्रिया