शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग

शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न माग गरेका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए ।

बैठकमा प्रचण्डले भने, “जो कोही पनि कानुन मिचेर भ्रष्टाचारमा संलग्न देखिन्छ भने जो कोही कानूनको दायरामा ल्याउनुपर्छ भनेर म प्रधानमन्त्री भएको बेला भनेको थिएँ । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्,” उनले भने ।

उनले आफूले आफ्नै पार्टीका नेताहरू पनि संलग्न देखिए कानूनको दायरामा ल्याउनुपर्छ भनेको बताए । “छानबिन गर्दैगर्दा यदि प्रचण्ड नै देखियो भने त्यसलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने भन्ने म नै हो, शेरा दरबार प्रकरणको अनुसन्धानमा म सघाउछु र सरकारलाई धन्यवाद पनि दिन्छु” उनले भने ।