भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक समितिबाट पारित

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक समितिबाट पारित



काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयक पारित भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित गर्ने निर्णय गरेको हो ।

समितिका सभापति रामहरि खतिवडाले सर्वसम्मतिले संशोधन विधेयक पारित भएको बताए ।

पारित भएको संशोधन विधेयक अब प्रतिनिधि सभा पुग्नेछ ।