स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ३८ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीको राय

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ३८ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीको राय



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

बिहीबार प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जिबी राई, पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल लगायत ३८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेकाे हो ।

सुरूमा ४४ जनाविरूद्ध मुद्दा चलाउने तयारी थियो । तर अहिले प्रहरीले ३८ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालका अनुसार प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गर्दै प्रतिवेदन बुझाएको छ ।