काठमाडौं । नेकपा माओवादी केन्द्रले ६ महिने जागरण अभियान चलाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले ६ महिने जागरण अभियान चलाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्गलाई केन्द्रित गरेर बेग्लाबेग्लै अभियान लगाउने जानकारी दिए ।
देशलाई गम्भीर संकटबाट बचाउन एउटा मदन भण्डारी लोकमार्गमा आधारित र अर्को हुलाकी राजमार्ग केन्द्रित भएर ६ महिने अभियान चलाउने माओवादीले जनाएको छ । नागरिकले के चाहेका छन्, के खोजेका छन्, पार्टीले के विषयमा सुधार्नुपर्छ लगायतका विषयमा जनमत बुझ्ने पनि माओवादीले जनाएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले पुनः एकपटक नागरिकको बीचमा गएर पार्टी रूपान्तरणको प्रक्रियामा पार्टी लाग्ने बताएको सापकोटाले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिवेदनबारे सामान्य ब्रिफिङ गरेको उपाध्यक्ष सापकोटाले बताए । उनले भने, ‘अध्यक्षको राजनीतिक प्रतिवेदनमा वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक बिषयहरु समेटिएका हुन्छन् ।’ पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्नुहुन्छ । त्यसमा आगामी कार्ययोजना र संगठनात्मक विषय समेटिएका हुन्छन् ।’
एमाले र कांग्रेस मिलेपछि सरकारबाट बाहिरिएको परिस्थितिलाई पार्टी निर्माण गर्न अवसरको रुपमा लिने माओवादीको निष्कर्ष छ ।
प्रतिक्रिया