काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।
शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको हाे ।
कार्यदलमा प्रमुख सचेतक समेत रहेका परियारकासाथै कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् ।
कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया