काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले हिउँदे अधिवेशनबाट करिब ३० वटा विधेयक पारित हुने गरी काम अघि बढेको बताएका छन् ।
उनले कांग्रेस र एमालेले संसदमा विचाराधीन विधेयकमा सहमति जुटाउन संयन्त्र पनि बनाएको बताए ।
‘दुई वर्षमा १७ वटा विधेयक मात्र पारित भएको अवस्था रहेछ, तीमध्ये ६ वटा विधेयक बजेटसँग सम्बन्धित थिए,’ उनले भने, ‘विधेयक निर्माणको प्रक्रिया असाध्यै ढिलो भयो र यसले गर्दा स्थानीय तह र प्रदेश सरकारलाई समेत नयाँ कानून निर्माण गर्न अप्ठेरो भयो ।’
अहिले १९ वटा विधेयक संसदमा रहेको पनि उनले बताए ।
संसदमा विचाराधीन विधेयकमा छिटो सहमति खोज्ने बारेमा संयन्त्रले दबाब नदिने उनले बताए ।
प्रतिक्रिया