मधेसी दलसँग सहकार्यका लागि तमलोपाले गठन गर्‍यो कार्यदल

मधेसी दलसँग सहकार्यका लागि तमलोपाले गठन गर्‍यो कार्यदल



काठमाडौं । मधेस केन्द्रित दलहरूसँग सहकार्य र एकताका लागि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले कार्यदल गठन गरेको छ । तमलोपाका वरिष्ठ नेता एवं संविधानसभा सदस्य डा.विजय कुमार सिंहको संयोजकत्वमा गठन भएको कार्यदलमा रविशंकरलाल कर्ण र बिभा ठाकुर सदस्य रहेका छन् ।

कार्यदल २०७९ साउनमा नै गठन गरिएको तर सोमबार मात्रै उक्त कार्यदल सार्वजनिक गरिएको हो । अन्तर पार्टी संवाद र विचार मिल्ने पार्टीहरूसँग सहकार्यको वातावरण बनाउन गठित कार्यदल नै मधेस केन्द्रित दलहरूबिच हुने संवादमा सहभागी हुने तमलोपाको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले बताए ।

तमलोपा, जनता प्रगतिशील पार्टी र जनमत पार्टीको बिचमा सहकार्य गर्ने सहमति पहिले नै भइसकेको उनले बताए ।