विराटनगर । सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो ।
अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको र अन्य समस्यामा रहेका सहकारीको विषयमा पनि अध्ययन भइरहेको मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले बताए ।
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगर अहिले पनि पुर्पक्षका लागि थुनामा पठाइएको छ भने पक्राउ परेका कतिपय अरू सञ्चालकहरू धरौटीमा रिहा भएका छन् ।
इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले विराट चोक, विराटनगर र दमकका १३ हजारभन्दा बढी सर्वसाधरणको ६१ करोड बढी बचत अपचलन गरेको छ ।
प्रतिक्रिया