गेटामा पहिला अस्पताल, त्यसपछि एमबीबीस : स्वास्थ्यमन्त्री पाैडेल

गेटामा पहिला अस्पताल, त्यसपछि एमबीबीस : स्वास्थ्यमन्त्री पाैडेल



कैलाली । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अुनगमनका क्रममा स्वास्थ्यमन्त्री पाैडेलले विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताएका हुन् । गेटामा पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न सकिने उनकाे भनाइ छ ।

मन्त्री पौडेलले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताउँदै नियमावली परिवर्तन गर्नुपर्ने भए पनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने जानकारी दिए ।

मन्त्री पौडेलले गेटा अस्पतालमा चाैबीसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिए । गेटामा सात अर्ब रुपैयाँका भौतिक संरचना निर्माण भएका छन् र ५० शय्याको अस्पताल सञ्चालनमा छ ।