काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतबारदेखि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेर मंगलबार सकिएको हो ।
बैठकले माघदेखि चैतसम्म तीन महिने अभियान चलाउने निर्णय गरेको छ ।
बैठक समापन गर्दै अध्यक्ष ओलीले दानकाे जग्गामा पार्टी कार्यालय भवन बनाउने र नेताहरूमाथि भएको कारबाही फिर्ता नहुने बताएका छन् । ‘पार्टी हितविपरित बोल्ने र काम कारबाही गर्नेको कारबाही फिर्ता हुँदैन । यस्तो अवस्था पार्टीमा रहँदा अराजकता बढ्छ’, अध्यक्ष ओलीले भने ।
राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित संयुक्त सरकार गठन भएसँगै देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको एमालेको निष्कर्ष छ ।
केन्द्रीय कमिटीको बैठकले १४ प्रस्ताव पारित गर्दै बैठक सकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनले भने, ‘मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दले सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ ।’
केन्द्रीय कमिटी बैठकमा समसामयिक प्रस्ताव तथा निर्णय
प्रतिक्रिया