सिआइबीले धनराजसँग गर्‍यो दोस्रोपटक ४ घन्टा सोधपुछ

सिआइबीले धनराजसँग गर्‍यो दोस्रोपटक ४ घन्टा सोधपुछ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग दोस्रोपटक सोधपुछ गरेको छ ।

सीआईबीको कार्यालय लाजिम्पाटमा बोलाएर मंगलबार सिआइबीले गुरूङसँग ४ घन्टा बढी बयान लिएकाे हो ।

गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन् । उनले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन् ।

यसअघि २८ कात्तिकमा सीआईबीले गुरुङलाई आफ्नो कार्यालयमा बोलाएर सोधपुछ गरेको थियो । बयान लिँदा गुरूङले सिआइबीसँग यस विषयमा आफ्नो संलग्नता नभएको बताएका थिए ।

सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ । ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ ।