सहकारी ठगी प्रकरणमा फरार रहेकी कोइराला अदालतमा हाजिर

सहकारी ठगी प्रकरणमा फरार रहेकी कोइराला अदालतमा हाजिर



काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।

बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी कोइरालाको बयान उद्धव प्रसाद भट्टराईको इजलासमा जारी छ ।

मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार हुँदै आएकी थिइन् । यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ ।

कोइरालाका बयानपछि थुनछेक बहस हुनेछ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश आउने छ ।