पाेखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको तर्फको थुनछेक बहस अन्तिम हुन लाग्दा पोखराको निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
रत्नचोक, शहीदचोक, जिल्ला अदालत आसपास तथा राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, जिल्ला मालपोत कार्यालय आसपासमा सुरक्षा तैनाथी बढाइएको छ । मानिसहरू काम विशेषले जानुपरे सुरक्षाकर्मीको सोधपुछपछि मात्र छिर्न पाउने व्यवस्था मिलाइएको छ ।
अदालतबाहिर सोमबार र मंगलबार अनपेक्षित गतिविधि भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । बसह सकिने बेला नजिकिएपछि झनै भीड जम्मा हुनसक्ने आशंका प्रहरी प्रशासनको छ ।
निषेधित क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका मन्त्रालयहरू, प्रदेश प्रहरी, प्रशासन प्रदेश प्रमुख, अदालतल, जिल्ला समन्वय समितिलगायत सरकारी कार्यालय छन् । यी कार्यालयमा सेवा लिन जाने नागरिकले पनि अनिवार्य कागजात देखाउनुपर्ने र निषेधित क्षेत्रमा रोकिएर बस्न र ४ जना जम्मा हुन दिइएको छैन ।
प्रतिक्रिया