बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका–६ का किसानले यस वर्ष पाँच करोड ४० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।
गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गएको वर्षको तुलनामा झण्डै दुई करोड रुपैयाँले बढी हो ।
गएको वर्ष यहाँका किसानले तीन करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका उनको भनाइ छ ।
काठेखोला गाउँपालिका–६ मा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा गरिएको सुन्तलाखेतीबाट नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कँडेलले बताए ।
सुन्तलामा कुनै पनि रोग नलागेकाले राम्रो उत्पादन भएको हो । पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ ।
प्रतिक्रिया