पोखरा । कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा गरिएको हो ।
नेपाल प्रहरी र सशत्र प्रहरीले निषेधित क्षेत्रमा सुरक्षा दिइरहेका छन् ।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा दुबै पक्षको बयान सकिएपछि अहिले आदेश लेखनको कार्य भइरहेको छ । अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको आदेश लेखन कार्य भइरहेको हो ।
न्यायाधीश नीतिज राईले आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू पोखरामा जम्मा भएका छन् । कार्यबाहक सभापति डीपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद विराजभक्त महर्जन, विनिता कठायत लगायतका नेताहरू कास्की अदालत परिसरमा पुगेका हुन् । धेरैजसो नेताहरू अदालत बाहिर बसिरहेका छन् ।
निषेधित क्षेत्रबाहिर रास्वपा कार्यकर्ता र सहकारी पीडित छन् । रवि–निकीतालगायतलाई अदालतभित्र विश्राम कक्षमा राखिएको छ ।
प्रतिक्रिया