काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरुबीच भेटवार्ता भएको हो ।
दुईपक्षीय भेटमा संसदको अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरतालगायतका विषयमा छलफल भएको बताइएकाे छ ।
प्रतिक्रिया