रवि लामिछानेलगायत सबै प्रतिवादीलाई धरौटीमा छाड्न आदेश

रवि लामिछानेलगायत सबै प्रतिवादीलाई धरौटीमा छाड्न आदेश



काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणका सबै प्रतिवादीलाई छाड्न आदेश दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई ६५ लाख र पूर्व डिआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएका हुन् ।

त्यसैगरी रामबहादुर खनाललाई १५ लाख, लीला पछाइलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा थप र ७ पुसमा पुरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।