छविलाललाई ८८ लाख धरौटीमा छाड्न अदालतकाे आदेश

छविलाललाई ८८ लाख धरौटीमा छाड्न अदालतकाे आदेश



पाेखरा । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले जोशीसँग ८८ लाख धरौटी माग गरेको हो ।

उनीविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियो । सहकारी ठगीमा छविलाल जोशीविरूद्ध ५ करोड २६ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको थियो ।

सम्पत्ति शुद्धीकरणमा जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको भन्दै सोही बराबरको रकम मागदाबी गरेको थियो ।

इजलासले उनीसहित रवि लामिछानेलाई पनि धरौटी माग गरेको छ ।