काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपीमध्ये तीनजना धरौटी बुझाएर छुटेका छन् ।
सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ र सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ धरौटी बुझाएर छुटेका हुन् । मीना र आरतीले ५/५ लाख, कृष्णले एक लाख धरौटी बुझाएर छुटेका हुन् ।
जिल्ला अदालत कास्कीको आदेशलगत्तै धरौटीवापतको रकम जम्मा गरेर उनीहरू छुटेका हुन् ।
यस प्रकरणमा अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख र छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
प्रतिक्रिया