लिला पछाईं ३७ लाख धरौटी बुझाएर रिहा

लिला पछाईं ३७ लाख धरौटी बुझाएर रिहा



पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छन् ।

शुक्रबार ३७ लाख धरौटी बुझाएर पछाईं छुटेको कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

रविसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरूङ र आरती गुरूङले बिहीबार नै धरौटी रकम बुझाएका थिए ।

तर पछाईंले धरौटी नतिरेपछि उनलाई कारागारमा पठाइएको थियो ।