कानुनमन्त्री र मुख्य सचिवलाई लिएर प्रधानमन्त्री ओली पुगे शीतल निवास

कानुनमन्त्री र मुख्य सचिवलाई लिएर प्रधानमन्त्री ओली पुगे शीतल निवास



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनी शुक्रबार अपराह्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली कानुनमन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याललाई लिएर राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।