काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेको मुद्दामा आज थुनछेक बहस शुरु भएको छ । आइतबार बयान सकिएपछि आज थुनछेक बहस भएको हो । हिजो थुनछेक बहस नहुँदा उनलाई हिरासतमा पठाइएको थियाे ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासमा आइतबार बयान सकिए पनि सरकारी वकिलले मिसिल अध्ययन गर्न बाँकी रहेको भनेपछि थुनछेक बहस हुन नसकेको हो । सोही कारण लामिछानेलाई प्रहरी हिरासतमा राख्ने आदेश भएको हो ।
लामिछाने थुनछेक बहस नसकिँदासम्म हिरासतमै रहनेछन् । आइतबार बिहान उनी आफैँ अदालतमा हाजिर भएका थिए । आज थुनछेक बहस सकिए आजै आदेश आउने सम्भावना छ । लामिछानेविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको छ । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया