च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा

च्याम्पियन्स ट्रफिका लागि अष्ट्रेलियाको टोली घोषणा



काठमाडौं । अष्ट्रेलियाले आउँदो च्याम्पियन्स ट्रफी २०२५ का लागि प्रारम्भिक १५ सदस्यीय टोली घोषणा गरेको छ । प्याट कमिन्सको नेतृत्वमा च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा भएको हो ।

कमिन्सले व्यक्तिगत कारणले जनवरी र फेब्रुअरीमा श्रीलंकामा हुने टेस्ट शृङ्खला गुमाउने भए पनि फेब्रुअरी १९ देखि पाकिस्तान र संयुक्त अरब इमिरेट्समा आयोजना हुने एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अष्ट्रेलियाको नेतृत्व गर्नेछन् । टोलीमा अनुभवी तीव्र गतिका बलर जोस हेजलवुड पनि समावेश छन् ।

अष्ट्रेलियाले यसअघि २००६ र २००९ मा च्याम्पियन्स ट्रफी जितेको थियो । नवौं संस्करण २०१७ पछि पहिलो पटक आयोजना हुँदैछ ।

अष्ट्रेलियाले समूह चरणमा अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । यो च्याम्पियन्स ट्रफी मुख्य रूपमा पाकिस्तानमा आयोजना हुनेछ भने भारतसँगको खेलहरू राजनीतिक कारणले संयुक्त अरब इमिरेट्समा खेलाइने छन् ।