काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । सहकारी ठगी मुद्दामा सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको हो ।
मंगलबार (भोलि) सार्वजनिक बिदा छ । त्यसैले उनलाई बुधबार (पर्सि) अदालतमा पेस गर्न इजलासले आदेश दिएको छ ।
उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट ११ जनाले बहस गरे । सरकारी वकिलको बहस सकिएको छ । जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ । अब लामिछानेका वकिलको बहस बाँकी छ । उनीहरूले बुधबार बहस गर्नेछन् ।
प्रतिक्रिया